काठमाडौँ । लगातारको वृद्धि पछि सेयरबजारमा बुधबार झिनो अङ्कको गिरावट आएको छ ।
आज भने २.४८ अङ्कले घटेर २१०८.७२ विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबारको दिन कुल ४ अर्ब ५५ करोड १६ लाख २३ हजार ३ सय ३२ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम घटेर ४ अर्ब २४ करोड ८५ लाख ३२ हजार ३ सय ४७ रुपैयाँ पुगेको छ । आज बजार घट्दा कारोबार रकममा पनि सामान्य गिरावट भएको हो ।
आज सर्वाधिक कमाउने कम्पनीहरुमा विन लघुवित्त, उन्नति सहकार्य लघुवित्त, आत्मनिर्भर लघुवित्त र समाज लघुवित्त कम्पनी रहे । ती कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भयो । मङ्गलबार सर्वाधिक गुमाउनेमा अप्पर तामाकोशी, दोर्दी र बलेफी हाइड्रो रहे । ती कम्पनीको सेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घट्यो ।