काठमाडौँ । साहित्यकार छवि वैरागी घिमिरेको नवीनतम कृति “विविशारा” उपन्यासको लोकार्पण हुने भएको छ ।
बालमनोविज्ञानमा आधारित रहेर आम भुइँमान्छेको यथार्थमा केन्द्रित रहेको भनिएको उपन्यासमा सामाजिक विभेददेखि मायाप्रेम र मानिस मात्र नभई अन्य प्राणी पनि कसरी अनाथ बन्न सक्छन् भन्ने विषयवस्तु समेटिएको बताइएको छ ।
यसअघि घिमिरेका किनारीकृत माइली नामक चम्पू खण्डकाव्य, माटाको आस्था, छन्दपान र आहत हिपत लगायत कृति प्रकाशित छन् ।
त्यस्तै, विविशारा उनको दोस्रो आख्यान हो । जसलाई उनले लामो समयको खोज, अनुसन्धान र साधनापछि प्रकाशनमा ल्याएको बताएका छन् ।
फिनिक्स बुक्सले प्रकाशन गरेको उपन्यास “विविशारा” को युनियन हाउस, अनामनगरमा भदौ १४ गते दिउँसो १स्३० बजे लोकार्पण हुन लागेको बताइएको छ ।
साहित्यकार बाबू त्रिपाठी प्रस्तोता रहने उक्त कार्यक्रममा अमर न्यौपाने तथा अनुपमा रेग्मी वक्ताका रूपमा रहने जनाइएको छ ।