काठमाडौं । आइतबार नेप्से परिसूचक उच्च अंकले बढेको छ। नेप्से ६९.८० अंकले बढेर २७२७.५८ विन्दुमा बन्द भएको छ।
यसदिन गत पाँच महिनायताकै उच्च सेयर कारोबार भएको छ। आज १२ अर्ब ९५ करोडको सेयर कारोबार भएको छ। यो रकम भदौ १८ गतेपछिकै उच्च हो।
अघिल्लो दिनको तुलनामा भने कारोबार रकममा तीन अर्ब ५५ करोड रूपैयाँ वृद्धि भएको हो।
आज ३३० वटा धितोपत्रको दुई करोड ४८ लाख ४८ हजार ७९ कित्ता सेयर किनबेच भएको हो।
आइतबार २०२ कम्पनीको सेयर मूल्य बढेको छ भने ३७ वटाको घटेको छ। यस्तै तीन कम्पनीको मूल्य स्थिर रहेको छ।