काठमाडौँ । बिहीबार(आज) सेयर बजारको परिसूचक नेप्से ५९ अंकले घटेको छ । ५९.५७ अंक घटेसँगै नेप्से २७ सयमुनि झरेको छ । नेप्से २६९० अंकमा कायम भएको छ । आज कारोबार रकम पनि कमी आएको छ ।
कुल ५ अर्ब ११ करोड रुपैयाँको सेयर किनबेच भएको छ । यसअघि मंगलबार करिब ८० अंकले परिसूचक घट्दा ६ अर्ब ५२ करोडको कारोबार भएको थियो ।
आज सबै उपसमूह राताम्मे भएका छन् । बैंकिङ २९, ब्यापार ५९, होटल तथा पर्यटन ९२, विकास बैंक १९४, जलविद्युत ७०, फाइनान्स १०९, निर्जीवन बीमा २९३, उत्पादन ६३, अन्य ५६, माइक्रोफाइनान्स ११४, जीवन बीमा ३१६ र लगानी उपसमूह २ अंकले घटे ।
दुई कम्पनीको मूल्य भने १० प्रतिशत बढेको छ । मानुसी लघुवित्त, तेह्रथुम पावरको मूल्य १० प्रतिशत बढेको छ । त्यस्तै साहस उर्जाको मूल्य ७।६ प्रतिशतले बढेर प्रतिकित्ता ७७२ रुपैयाँ ५० पैसा कायम भएको छ ।