सिन्धुपाल्चोक केन्द्रविन्दु भएर४.७ म्याग्निच्युडको भूकम्प

न्युजलय ३२ असोज २०७८, सोमबार ०२:१५ मा प्रकाशित

काठमाण्डौ । सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर सोमबार(आज) दिउँसो भूकम्प गएको छ । 

राष्ट्रिय भूकम्प मापनकेन्द्रका अनुसार १ बजेर ४६ मिनेट जाँदा ४.७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिल्लाहरुमा समेत महसुस गरिएको थियो । 

भूकम्पका कारण हालसम्म कुनै क्षतिको विवरण आएको छैन । यसअघि आइतबार बिहान गोरखा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।