नेप्से परिसूचकमा ३२ अङ्कको गिरावट

न्युजलय २७ फाल्गुण २०८१, मङ्गलबार ०४:२२ मा प्रकाशित

काठमाडौँ  । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३२ दशमलव २१ अङ्कले घटेको छ । 

आज नेप्से परिसूचकमा एक दशमलव १७ प्रतिशतको गिरावट पछि दुई हजार सात सय १९ दशमलव २० को बिन्दुमा कायम भएको छ ।

आज तीन सय तीन कम्पनीको एक करोड ५५ लाख ५९ हजार छ सय ८३ कित्ता शेयर ९२ हजार ३१ पटक खरिदबिक्री हुँदा रू आठ अर्ब ३९ करोड ११ लाख ४९ हजार बराबरको कारोबार भएको छ ।