नेप्सेमा १८ अंकको गिरावट

न्युजलय ३० असोज २०८२, बिहिबार ०९:२७ मा प्रकाशित

काठमाडौं । बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १८.४० अंकले घटेर २४८७.१७ विन्दुमा झरेको छ। 

यसदिन ३११ स्क्रिप्सको ७६ लाख ४३ हजार ६३५ कित्ता सेयर ३ अर्ब २७ करोड ५४ लाख ८६४  रुपैयाँमा खरिदबिक्री भए।

अघिल्लो दिन बुधबार ३ अर्ब १० करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। कारोबारमा आएकामध्ये ४५ स्टक्सको मूल्य बढ्दा १९७ वटाको घट्यो। ९ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो।