विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।
शुक्रबार प्रदेशसभा बैठक बस्दैछ, बैठकअघि सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।
१७ असारमा कांग्रेस एमालेबीच सत्तासमीकरण बनेपछि कोशीमा माओवादी केन्द्रले ११ साउनमा सरकार छाडेको थियो, तर समर्थन फिर्ता लिएको छैन
नेकपा माओवादी केन्द्रको समर्थनमा हिक्मतकुमार कार्की संविधानको धारा १६८ को उपधारा ५ अनुसार गत २७ बैशाखमा मुख्यमन्त्री बनेका थिए । १७ असारमा कांग्रेस र एमालेबीच नयाँ समीकरण बनेपछि केन्द्रसहित सातवटै प्रदेशमा माओवादी प्रतिपक्षमा पुगेको छ ।