ग्वाटेमालाबाट नेपालीसहित १२६ आप्रवासीको उद्धार

न्युजलय २४ असोज २०७८, आइतबार ०५:५९ मा प्रकाशित

काठमाडौं । कन्टेनरमा अलपत्र परेका नेपालीसहित १२६ जना आप्रवासीलाई ग्वाटेमालाबाट उद्धार गरिएको छ । ग्वाटेमाला प्रहरीले सडक छेउको एक कन्टेनरमा अलपत्र छाडिएका उनीहरुको उद्धार गरेको हो ।

उद्धार गरिएकामा सबैजसो अमेरिका पुर्‍याउन रकम लिएर तस्करहरुले छोडेको बताइएको छ । बीबीसीका अनुसार त्यहाँ नेपाली र घानाका नागरिकहरु पनि रहेका छन् । त्यस्तै सबैभन्दा धेरै राजनीतिक संकटमा फसेको इटालीका नागरिकहरु १०० भन्दा बढी रहेको बताइएको छ ।

कन्टेनरमा चिच्याएको आवाज आएपछि स्थानीय प्रहरीले उनीहरुको उद्धार गरेको हो । ग्वाटीमाला प्रहरीका एक प्रवक्ताले बता अनुसार उनीहरु कन्टेनरबाट कराएका थिए । त्यसपछि स्थानीय प्रहरीले ढोका खोलेको थियो । सो क्रममा कागजातविहीन १२६ मानिस भेटिएका थिए ।

उद्धारपछि ग्वाटेमाला प्रहरीले सबैलाई माइग्रेसन इन्स्टिच्यूटद्वारा सञ्चालित आश्रय स्थलमा लैजाने तयारी गरिरहेको छ । सुझबुझ गर्दा उनीहरु त्यसअघि होण्डुसर पुगेका थिए ।