ओलीले सार्वजनिक गरे ४२ बुँदे प्रतिबद्धता पत्र

न्युजलय ५ फाल्गुण २०८२, मङ्गलबार १०:१७ मा प्रकाशित

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्र केन्द्रित प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । 

चुनाव प्रचारका लागि झापामा रहेका ओलीले मंगलबार एक समारोहबीच आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि झापा नम्बर–५ केन्द्रित ४२ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।