१५ दशमलव ३३ अंकले बढ्यो नेप्से

न्युजलय २९ माघ २०८०, सोमबार ०९:१२ मा प्रकाशित

काठमाडौं । सोमबार(आज) नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । सोमबार नेप्से परिसूचक १५ दशमलव ३३ अंकले बढेर २१०१ दशमलव १६ विन्दुमा पुगेको छ ।

आज ३१४ कम्पनीका ७५ हजार १ सय ५ पटकको कारोबारमा १ करोड १० लाख ८ हजार १ सय २२ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने ३ अर्ब ५८ करोड ६९ लाख ८४ हजार १ सय २८ रुपैयाँ रहेको छ ।

त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव २४ अंकले बढेर ३७५ दशमलव ९९ विन्दुमा पुगेको छ ।