नेप्सेमा साढे २५ अंकको गिरावट

न्युजलय ७ माघ २०८०, आइतबार ०९:१२ मा प्रकाशित

काठमाडौँ । आइतबार(आज) सेयर कारोबार मापक नेप्से परिसूचक २५.६३ अंकले घटेको छ । गत बिहीबारको तुलनामा १.१८ प्रतिशतले घटेर नेप्से २ हजार १ सय ३०.१८ विन्दुमा ओर्लेको हो ।

आइतबार १ लाख ६६ हजार ९ सय ६६ हजार ९ सय ८३ वटा कारोबारबाट ३ सय ८ वटा कम्पनीका २ करोड २८ लाख २० हजार २७९ कित्ता सेयर किनबेच भए । ती किनबेचबाट ७ अर्ब ६७ करोड ७७ लाख रुपैयाँ बराबर सेयर कारोबार भएको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको हो । गत बिहीबार सेयर बजारमा ८ अर्ब १७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।