झलनाथ खनाल अन्ततः माधव–प्रचण्डसँगै रहने

न्युजलय २० कार्तिक २०८२, बुधबार ०२:२६ मा प्रकाशित

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल पनि अन्ततः माओवादी–नेकपा एस लगायतका दलहरूसँगको एकता प्रक्रियामा सहभागी भएका छन् ।

भृकुटीमण्डपमा जारी नेकपा माओवादीलगायत ९ दलको एकता सभामा खनाल केही बेरअघि पुगेका हुन् ।

माओवादीसँग एकता गर्ने निर्णयमा असहमति जनाउँदै खनालले आफ्नै नेतृत्वमा पार्टी पुनर्गठन गर्ने घोषणा गरेका थिए । एकता सभा हुनुअघि ‘प्रचण्ड’ र माधव नेपालसँग खनाल वार्तामा बसेका थिए । 

खनालले हिजो साँझ गुण्डु पुगेर एमाले अध्यक्ष केपी ओलीलाई पनि भेटेका थिए ।