काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर दुई जना कोभिड १९ संक्रमित थपिएका छन् ।
एक हजार ६२८ वटा नमुना परीक्षण गर्दा दुई जनामा संक्रमण पुष्टि भएको हो ।
आज थप दुई जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या २१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।