बढ्यो सुन चाँदीको मूल्य

न्युजलय २६ कार्तिक २०७८, शुक्रबार ११:२९ मा प्रकाशित

 काठमाडौं । शुक्रबार (आज) सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ । 

हिजो विहीबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ९०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ । 

हिजो विहीबार प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।