काठमाडौं । आइतबार (आज) नेप्से दोहोरो अंकले बढेको छ । आइतबार नेप्से परिसूचक २२ दशमलव १० अंकले वृद्धि भएर २०५२ दशमलव ६५ अंमा पुगेको छ ।
आज ३०४ कम्पनीका ५६ हजार ७ सय २६ पटकको कारोबारमा ७ लाख ४३ हजार ४ सय ५७ कित्ता सेयर किनबेच भएको छ । जसमा कारोबार रकम भने २ अर्ब ९२ करोड २७ लाख ७१ हजार ५ सय ५८ रुपैयाँ रहेको छ ।
त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव २६ अंकले बढेर ३६४ दशमलव ५३ को विन्दुमा पुगेको छ ।