अमेरिका । अमेरिकाको टेक्सास राज्यमा आयोजित एक सांगीतिक महोत्सवमा भएको भागदौडमा ८ जनाको मृत्यु भएको छ। ट्रयाभिस स्कटको एस्ट्रोवर्ल्ड फेस्टिभलमा रातिको समयमा भागाभाग हुँदा अन्य ३०० जनाभन्दा बढी घाइते भएको बीबीसीले उल्लेख गरेका छ।
महोत्सवमा आएका दर्शकहरु स्टेज अघि जाने क्रममा भागदौड मच्चिएको बताइएको छ। त्यसक्रममा ११ जनालाई हृदयाघात भएको प्रहरीले जनाएको छ। ट्राभिस स्कोटको प्रस्तुतीलगत्तै दर्शकहरु उत्तेजित बनेका थिए ।
उक्त सांगीतिक महोत्सवमा करिब ५० हजार मानिस सहभागी थिए। उक्त घटनापछि शनिवारको कार्यक्रम रद्द गरिएको छ।