वेश्यावृत्ति गराएको आरोपमा इटहरीबाट होटल सञ्चालक आमाछोरा र ग्राहक पक्राउ

न्युजलय ७ कार्तिक २०७८, आइतबार ०४:२१ मा प्रकाशित

इटहरी । वेश्यावृत्ती गराएको आरोपमा इटहरी प्रहरीले होटल सञ्चालक आमाछोरा र एक जना ग्राहकलाई पक्राउ गरेको छ । 

गत असोज २६ गते उनीहरुलाई पक्राउ गरेपनि प्रहरीले ढिलो मात्र जानकारी दिएको हो । इटहरी १२ मा सावित्रा लामिछाने र उनका छोरा किरण लामिछानेले आफ्नै घरमा चलाइरहेको एक होटलबाट प्रहरीले ग्राहकसहित उनीहरुलाई पक्राउ गरेको हो ।

इटहरी ११ का गुणराज पोखरेललाई ग्राहकको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

एक जना २२ वर्षिया महिलासँग यौनजन्य कार्य गर्न लगाई मानव बेचविखन गराएको आरोप उनीहरुलाई लगाइएको छ । उनीहरुलाई १५ म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।