५८ अंकले घट्यो नेप्से

न्युजलय ५ कार्तिक २०८१, सोमबार ०३:४१ मा प्रकाशित

 काठमाडौं । सोमबार नेप्से परिसूचक ५८ अंकले घटेको छ । आज नेप्से ५७.९९ अंकले घटेर २६३९.९२ विन्दुमा बन्द भएको छ ।

आज कुल ३१९ कम्पनीका एक करोड ३८ लाख ६३ हजार ४४३ कित्ता शेयर किनबेच हुदा ५ अर्ब ९० करोड ७ लाख ९१ हजार बराबरको कारोबार भएको थियो ।

आज सबैभन्दा बढी वीन नेपाल लघुवित्तको शेयर मुल्य ९।९८ प्रतिशतले बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर ९।८२ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी एंगाडी हाइड्रोको मुल्यमा ९।२० प्रतिशतले घटेको छ ।