प्री ओपन सेसनमा नेप्से परिसूचक १२.६० अंकले बढ्यो

न्युजलय ९ भदौ २०८१, आइतबार ०५:१० मा प्रकाशित

काठमाडौं । आइतबार प्री ओपन सेसनमा  नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। प्री ओपन सेसनमा नेप्से परिसुचक १२.६० अंकले बढेर २९८७.०६ विन्दुमा पुगेको हो।

यो समयमा १०७ स्क्रिप्सको ५१ हजार ११० कित्ता सेयर २ करोड  ४९ लाख ८१ हजार ३३६ रुपैयाँमा खरिदबिक्री भए।