नेप्से ७५.३३ अंकले बढ्यो

न्युजलय ८ साउन २०८१, मङ्गलबार ०९:३९ मा प्रकाशित

 काठमाडौं । शेयर बजार केही दिन यता निरन्तर बढिरहेको छ । बजार आज पनि उच्च अंकले बढेको हो । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ७५.३३ अंकले बढेको छ । ३.०२ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचकले २५ सय अंक पार गरेर २५६३.४३ अंकमा पुगेको छ ।