काठमाडौं । यसपालीको तिहारमा ३८ करोड रुपैयाँ बराबरको फुलको माला खपत हुने अनुमान गरिएको छ ।
फ्लोरिकल्चर एसोसिएसनका अनुसार सयपत्री, मखमली र गोदावरी गरेर उक्त मूल्य बराबरको माला खपत हुने अनुमान छ ।
तिहारमा काठमाडौं उपत्यकाभित्र ६० प्रतिशत र बाहिरी जिल्लामा ४० प्रतिशत माला खपत हुने साथै ४० प्रतिशत विदेशबाट आयात गर्नुपर्ने अवस्था रहेको बताइएको छ ।
पुष्प व्यवसायमा नेपाल ९० प्रतिशत आत्मनिर्भर भए पनि तिहारका बेला बजारमा बढी माला खपत हुँदा आयात हुने गर्छ ।