बिराटनगरबाट लागूऔषध सहित एक जना पक्राउ

न्युजलय २९ कार्तिक २०७८, सोमबार ०४:१७ मा प्रकाशित

 मोरङ । बिराटनगर –१६ दरैया बाट लागूऔषध सहित एक जनालाई पक्राउ गरिएको छ । 

पक्राउ पर्नेमा गोर्खा सहिद गाऊपालिका–७ का २२ बर्षीय मनिष श्रेष्ठ रहेका छन् । 

सोमबार (आज) बिहान ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनलाई नाईट्राभेट २८४ ट्याब्लेट, डाईजापाम ७७ एम्पुल, लुपिजेसिक ७७ एम्पुल र एभिल २३ एम्पुल सहित पक्राउ गरिएको हो । 

पक्राउ परेका उनको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईहेको छ ।