डिसेम्बरमा विहे गर्दै क्याट्रिना र विक्की

न्युजलय १० कार्तिक २०७८, बुधबार ०४:१४ मा प्रकाशित

काठमाडौं । बलिउड अभिनेत्री क्याट्रिना कैफ र अभिनेता विक्की कौशलले विहे गर्ने भएका छन् । 

एक रिपोर्टसका अनुसार क्याट्रिना र विक्कीले आफ्नो विहेको तयारी समेत सुरु गरिसकेका छन् । एक सुत्रले भनेका छन्, ‘क्याट्रिना र विक्कीको वेडिङ आउटफिट्स चर्चित फेशन डिजाइनर सब्यासाचीले डिजाइन गरिरहेका छन् । जसका लागि उनिहरुले फेब्रिक कपडा चुनेका छन् ।’

सुत्रका अनुसार अभिनेत्री क्याट्रिनाले राँ सिल्क फेब्रिक चुनेकी छन् । क्याट्रिना र विक्कीको विहे डिसेम्बरमा हुनेछ, भने क्याट्रिनाले आफ्नो विहेमा लेहेङ्गा लगाउने भएकी छन् ।