सुनको भाउ बढ्यो

न्युजलय १४ असार २०८३, आइतबार ११:४९ मा प्रकाशित

काठमाडौं । आइतबार सुनको भाउ तोलामा ४ हजार ७ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ७९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदी आज तोलामा १४५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार १८० रुपैयाँमा कायम भएको चाँदी आज ४ हजार ३२५ रुपैयाँ पुगेको छ ।