बढ्यो सुनचाँदीको मूल्य

न्युजलय १८ पुस २०७८, आइतबार ११:३७ मा प्रकाशित

काठमाडौं । आइतबार(आज) सुनचाँदी दुबैको मूल्य वृद्धि भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ७०० रुपैयाँले वृद्धि भएको हो ।  बढेको मूल्यअनुसार छापावाला सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । 

आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर एक हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ ।