३० अंकले घट्यो नेप्से

न्युजलय १७ पुस २०८०, मङ्गलबार ०९:२२ मा प्रकाशित

काठमाडौँ । मंगलबार(आज) ३० अंकले घटेर नेप्से २०३० अंकमा कायम भएको छ ।

दिनभर ४ अर्ब ४ करोड रुपैयाँको कारोबार भयो । अघिल्लो दिन ४ अर्ब ४८ करोडको कारोबार भएको थियो । कुल ३७ कम्पनीको मूल्य बढ्दा २०५ को घट्यो भने ३ को स्थिर रहयो । सबै समूहका सूचक घटेका छन् ।

समग्र बजार घट्दा पनि चिरख्वा हाइड्रोपावर, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनी र लक्ष्मी लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । हिमालयन हाइड्रोपावरको १०, सिटिजन लाइफ इन्स्योरेन्सको ७, दोर्दी हाइड्रोपावरको ६.५, अपरहेवाखोलाको मूल्य ५.५ प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हाथवे इन्भेस्टमेन्ट कम्पनी, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी, सोनापुर सिमेन्ट र एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनी क्रमशः अगाडि रहे ।