प्रीति पासवानको कार्यक्रममा लफडा, दर्शकले ढुंगा हानेपछि आयोजकले अन्धधुन्द दर्शक कुटे

न्युजलय २६ कार्तिक २०८०, आइतबार ०८:०९ मा प्रकाशित

जनकपुरधाम । कलाकार प्रीति पासवानको कार्यक्रममा अत्याधिक भीड भएपछि ढुंगामुढा र कुटपिट भएको छ । सप्तरीको राजविराजमा आयोजित ‘सप्तरी महोत्सव’ मा पुगेकी कलाकार प्रीति पासवानको कार्यक्रममा आयोजक र प्रहरीले दर्शक कुटेका हुन् ।


भीड अत्याधिक भएर महोत्सव स्थलमा छिर्न नपाएपछि दर्शकहरुले ढुंगा प्रहार गरेका थिए । अत्यधिक भीडका कारण कार्यक्रम भइरहेको स्थल रंगशालाको पर्खाल भत्किएको थियो । त्यसपछि बाहिर रहेका दर्शकहरू एकसाथ प्रवेश गरेपछि ढुंगामुढा भएको थियो ।


त्यसपछि दर्शकहरुमाथि कुटपिट गरिएको हो । ढुंगामुढा र कुटपिटपछि कलाकार पासवानको कार्यक्रम स्थगित गरिएको थियो । दर्शकको भीडले भने स्टेज र कुर्सीहरू पनि तोडफोड गरेका छन् ।


गत कात्र्तिक ८ गते धनुषाको सबैला बजारमा आयोजित पासवान सहभागि एक कार्यक्रममा समेत ढुंगामुढा भएको थियो । युवाहरुले होहल्ला गर्न थालेपछि प्रहरीले कार्यक्रम बन्द गराउन खोज्दा ढुंगामुढा भएको थियो ।