काठमाडौँ । सुनचाँदीको मूल्य घटेको छ। आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य ३ हजार ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सोमबार छापावाल सुनको मूल्य ३ लाख १ हजार ९०० रुपैयाँ कायम भएको छ।
सोमबार चाँदीको मूल्य ३५ रुपैयाँले घटेर ४ हजार ६९० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।