काठमाडौं । बुधबार(आज) सेयर बजारको अंकसँगै कारोबार रकम पनि घटेको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ६.४६ अंक घटेर २०२६ अंकमा कायम भएको छ ।
कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा २८ प्रतिशत घटेको छ । अघिल्लो दिन ३ अर्ब ११ करोडको कारोबार भएकोमा आज २ अर्ब २४ करोडमा खुम्चियो । कुल ८० कम्पनीको मूल्य बढ्दा १५९ को घट्यो भने ९ को स्थिर रह्यो ।
उत्पादनबाहेकका सबै समूह घटे ।