सुनचाँदीको मूल्य बढ्यो

न्युजलय ११ साउन २०८३, सोमबार ११:५० मा प्रकाशित

काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ४१० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ४४५ रुपैयाँ कायम भएको छ ।