ट्याक्टरबाट झरेर बालकको मृत्यु

न्युजलय १७ कार्तिक २०७८, बुधबार ०१:३८ मा प्रकाशित

सिरहा । ट्याक्टरबाट झरेर सिरहामा एक बालकको मृत्यु भएको छ । 

सिरहा गोबजार नपा ८ मैनाबत्ती खोलाबाट बालुवम बोकेर आइरहेको स। १ त ७९५ नम्बरको ट्याक्टरबाट लडेर गोलबजार ४ का नशिवलाल सदायको छोरा ११ वर्षीय निशान्त सदायको मृत्यु भएको हो ।

ट्याक्टरबाट लडेर गम्भिर घाइते भएका सदायको उपचारको लागि लहान लाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।  ट्याक्टर र चालक प्रहरी नियन्त्रणमा रहेको छ । 

घटनाबारे थप अनुसन्धान भइरहेको छ । शव पोष्टमार्टमको लागि लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारकालाई अस्पतालमा राखिएको छ ।