दुर्घटनामा परे गायक प्रमोद खरेल

न्युजलय १५ बैशाख २०७९, बिहिबार ०५:११ मा प्रकाशित

काठमाडौं । गायक प्रमोद खरेल दुर्घटनामा परेका छन्। उनी बुधबार राति तुलसीपुरको दाङमा हुने कार्यक्रमका लागि जाँदै गर्दा कार दुर्घटनामा परेका हुन्। 

गायक खरेलले सामाजिक सञ्जालमार्फत् आफू एक सांस्कृतिक कार्यक्रमका लागि दाङ जाँदै गर्दा बुधबार दुर्घटनामा परेको बताएका छन्।

दुर्घटनापछि आफूलाई दाङस्थित अस्पताल लगिएको उनले बताएका छन्। शरीरमा बाहिरी चोट लागेपनि भित्रि रुपमा भने केही समस्या नदेखिएको गायक खरेलले बताए ।