यूएईविरुद्ध नेपालको जित, दीपेन्द्र म्यान अफ द म्याच

न्युजलय ६ कार्तिक २०८०, सोमबार ११:४६ मा प्रकाशित

काठमाडौं । त्रिकोणात्मक टी २० सिरिज अन्तरगत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले यूएईविरुद्ध जित हासिल गरेको छ ।


पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६४ रन जोडेको थियो ।


जवाफी ब्याटिङमा नेपालले खराब सुरुवात गरेपनि पछि सम्हालिएको थियो । चार ओभर खेलिसक्दा ११ रन मात्र जोडेको नेपालले ३ विकेट गुमाएको थियो । तर ओपनर आसिफ शेख, कप्तान रोहित पौडेल र फिनिसर दिपेन्द्र सिंह ऐरीले नेपाललाई जिताए ।


आसिफले अर्धसतकीय इनिङ खेले । विष्फोटक इनिङ खेलेका दीपेन्द्र भने अविजित रहे । उनले उनले १५ बलमा १ छक्का र छ चौका सहित ४० रन जोडेका थिए । म्यान अफ द म्याच दीपेन्द्र घोषित भए ।


यसअघि यूएईले बासिर अहमदको आक्रामक ब्याटिङको मद्दतमा १६४ रनको स्कोर खडा गरेको थियो ।