इटहरी । सुनसरीमा गोली प्रहार गरी एक पुरुषको हत्या भएको छ ।
रामधुनी नगरपालिका–२ तनमुनास्थित सिटी सफारी चालकलाई गोली हानेर हत्या गरिएको हो ।
स्थानीय सिटी सफारी चालक ४७ वर्षीय दिनेशकुमार चौधरीको हत्या भएको खुलेको छ ।
भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ जादै गरेको प्र। १–०२–००४ ह ७८०४ नम्बरको सिटी सफारीमा सवार गरिरहेको अवस्थामा बायाँ छातीमा हतियार प्रहार भएको प्रहरीको भनाइ छ ।
मोटरसाइकलमा सवार तीनजनाको समूहले गोली हानेर हत्या गरेपश्चात फरार भएका छन् । फरारहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
कानुनी प्रक्रिया पूरा गरी मृतक चौधरीको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्नहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
घटना के कारण भएको भन्नेबारे प्रहरीले विभिन्न कोणबाट अनुसन्धान सुरु गरेको जनाइएको छ । खासगरी मानिस सडकमा रक्ताम्य अवस्थामा ढलेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
अहिले सुनसरीका चारैतिर घटनामा संलग्नको खोजीका लागि प्रहरीले निगरानी बढाएको छ ।