काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.९५ अङ्कले बढेर २७४८.७८ को विन्दुमा कायम भएको छ ।
यस दिन नेप्सेमा कारोबार भएको ३२१ कम्पनीको २ करोड १६ लाख ६० हजार ६३९ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ३२ करोड ३ लाख ३१ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा बढोत्तरी आउँदा सात वटा उपसूचक हरियाली भएको छ ।
यस दिन बजारमा वृद्धि हुँदा गुराँस लघुवित्त, स्वाभिमान लघुवित्त, अपर हेवाखोला हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लाएको छ ।