काठमाडौँ । हङकङलाई हराउँदै नेपाल एसीसी टी–२० प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ।
ओमनको अल अमेरत क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले हङकङलाई आठ विकेटले पराजित गरेको हो। हङकङले दिएको ११५ रनको लक्ष्य नेपालले १२.२ ओभरमा सजिलै पूरा गरेको छ।
नेपालका लागि प्रारम्भिक ब्याटर आसिफ शेखले ४० रन बनाए। उनले १८ बलमा तीन चौका र तीन छक्का प्रहार गरे।
अर्का प्रारमिभक ब्याटर कुशल भुर्तेलले ३२ रन बनाए। उनले १९ बलमा तीन चौका र दुई छक्का प्रहार गरे। त्यस्तै, रोहित पौडेलले २५ र सन्दीप जोराले १९ रन बनाए।
हङकङका लागि यासिम मुर्ताजा र इसान खानले एक(एक विकेट लिए।
यो जितसँगै नेपालको ६ अंक भएको छ। नेपाल एक खेल बाँकी छँदै सेमिफाइनलमा प्रवेश गरेको छ।समूह चरणको अन्तिम खेलमा नेपालले मंगलबार बिहान साउदी अरबसँग प्रतिस्पर्धा गर्नेछ।
नेपाल रहेको समूह ‘ए’मा साउदी अरब, मलेशिया र हङकङकको दुई(दुई अंक छ भने कतारले अंक जोड्न सकेको छैन।