सेयर बजार ५१ अंकले घट्यो

न्युजलय ३१ मङ्सिर २०८१, सोमबार ०३:३७ मा प्रकाशित

काठमाडौं । आज सेयर बजारमा पहिरो गएको छ । आज नेप्से परिसूचक ५१ दशमलव ३७ अंकले घटेर २६३० दशमलव ९१ को विन्दुमा पुगेको छ ।

सोमबार ३०४ कम्पनीका ६७ हजार ६४८ पटकको कारोबारमा १ करोड २७ लाख ४५ हजार ७७७ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ९३ करोड ५६ लाख ४ हजार ८४७ रुपैयाँ रहेको छ ।

१३ उपसमूहमध्ये सबै राताम्मे हुँदा कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ । १५ कम्पनीको सेयर मूल्य बढ्दा २२७ कम्पनीको घटेको छ भने २ कम्पनीको मूल्य स्थिर रहेको छ ।