देशभर आज थप ९९ जनामा कोरोना पुष्टि

न्युजलय २४ चैत २०७९, शुक्रबार ०७:२३ मा प्रकाशित

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

एक हजार ६३५ वटा नमुना परीक्षण गर्दा ९९ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा २६ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३७३ पुगेको छ ।

शुक्रबारसम्म अस्पतालमा भर्ना भएका १७ जनामध्ये चार जना आईसीयू तथा एक जना भेन्टलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।