काठमाण्डौ । बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खान आज रिहा हुने भएका छन् ।
लागुऔषध मुद्दामा २७ दिनदेखि हिरासतमा रहेका आर्यन केही समयमै मुम्बईको जेलबाट रिहा हुने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
बिहीबार साँझ उच्च अदालतले २३ वर्षीय आर्यन खानलाई क्रुजमा लागुऔषध मुद्दामा जमानत दिएको थियो । समयमा कागजात नपाउँदा उनले थप एक रात जेलमा बिताउनु परेको थियो।
समाचार एजेन्सी पीटीआईका अनुसार आर्यन खान आज १० बजे जेलबाट बाहिर निस्किनेछन् ।
शाहरुख खान शनिबार बिहान आफ्नो घर मन्नतबाट आर्थर रोड जेल गएका थिए । आर्यन खानका वकिलले शुक्रबार साँझ ५ः३० बजेसम्म जमानतको कागजात बुझाउन नसकेपछि आर्यन खान शनिबार रिहा हुने बताएका थिए ।