३.३५ अंकले बढ्यो नेप्से

न्युजलय १२ फाल्गुण २०८१, सोमबार ०९:११ मा प्रकाशित

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से ३.३५ अंकले बढेर २७५८.७५ को विन्दुमा कायम भएको हो ।

यस दिन नेप्सेमा कारोबार भएको ३१० कम्पनीको २ करोड ११ लाख १० हजार ६१९ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ८ करोड ५४ लाख ६४ हजार रुपैयाँको कारोबार भएको छ ।

यस दिन बजारमा सुधार आउँदा चार उपसूचक मात्र हरियाली भएको छ । उक्त दिन गार्डियन माइक्रो लाइफको सेयरमा सकरात्मक सर्किट लाएको छ ।