नेपालले इन्डोनेशियालाई ३७० रनले हरायो

न्युजलय १५ असार २०८२, आइतबार ०१:४९ मा प्रकाशित

काठमाडौं । एसीसी यू–१६ इस्ट जोन अन्तरगत नेपालले लगातार तेस्रो जित निकालेको छ ।

आज भएको खेलमा नेपालले इन्डोनेशियालाई ३७० रनले पराजित गरेको हो ।

४२१ रनको विशाल लक्ष्य पच्छ्याएको इन्डोनेशियालाई नेपाले २४ ओभर ३ बलमा ५० रनमा अलआउट गर्‍यो ।

नेपालका लागि विपिन शर्मा एक्लैले ६ विकेट लिए । ७ दशमलव ३ ओभर बलिङ गरेका उनले जम्मा १२ रन दिए ।

पहिले ब्याटिङ गरेको नेपालका लागि नेपालका लागि प्रशिद्ध जैशीले १३२ रनको शतकीय पारी खेलेका थिए ।

यस्तै, परिमार्जन यादवले ७१, रौनक श्रीवास्तवले ८८ र जोय थापाले ५७ रन बनाएका थिए ।