बराहक्षेत्रको विकासको लागि सबै पार्टीलाई सँगै लिएर हिड्छु : मेयर कार्की (भिडियो अन्तर्वार्ता)

न्युजलय २५ साउन २०७९, बुधबार १२:१५ मा प्रकाशित

इटहरी । बराहक्षेत्र नगरपालिका पुर्वी नेपालकै धार्मिक, साँस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक विशेषताले धनी नगरपालिका हो । तर कनेक्टिीभीटी तथा विकासको हिसाबले पछि परेको बराहक्षेत्रमा केही समययता विकासले गती समातेको छ । 

यसै बिचमा मेयरको रुपमा निर्वाचित बनेर नेपाली काँग्रेस बराहक्षेत्रका सभापती रमेश कार्की आएदेखि बराहक्षेत्रको विकासमा बहुआयामिक आधार तयार हुने क्रममा छन् । विभिन्न पार्टीसँगसमेत समन्वयात्मक सम्बन्धको विकास गर्न सक्ने क्षमता भएका रमेश कार्कीले बराहक्षेत्रको दीगो विकासको आधार आफ्नो कार्यकाल बन्ने बताएका छन् । उनले बराहक्षेत्रको धार्मिक, प्राकृतिक महत्वलाई पर्यटन, कृषि, स्वास्थ्य, शिक्षा सँग जोड्दै विकासको नयाँ आधार तयार गर्नेगरी काम गरिरहेको बताएका छन् ।

कार्कीले बराहक्षेत्रको विकासको लागि बराहक्षेत्रमा रहेका विभिन्न पार्टी तथा संघसंस्थाहरुमात्र होइन, बराहक्षेत्रसमेत पर्ने निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित सांसद तथा वर्तमान मन्त्री ज्ञानेन्द्र कार्कीसँग पनि समन्वयात्मक कार्य गरिरहेका छन् । जसले पछिल्ला दिनमा बराहक्षेत्रको विकासको आधार थप मजबुत बनाएको छ । 

यसै सन्दर्भमा हामीले मेयर कार्कीसँग बराहक्षेत्रको विकासबारे छोटो कुराकानी गरेका छौं ।