धनगढी । धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।
कैलालीको गोदावरी नगरपालिका–७ का ६० वर्षीय पुरुष र कञ्चनपुरको बेल्डाडी गाउँपालिका–२ का ६७ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हाल अस्पतालमा ७ जना कोरोना संक्रमितको उपचार भइरहेको छ।
जसमध्ये ६ जनाको आईसीयूमा उपचार भइरहेको छ। तीन जनाको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालले जनाएकोे छ।