पल शाहलाई थप १२ दिन हिरासतमा राख्‍न अनुमति

न्युजलय २२ फाल्गुण २०७८, आइतबार १०:२४ मा प्रकाशित

तनहुँ ।  नाबालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा दमौली प्रहरी कार्यालयको हिरासतमा रहेका पल शाहलाई थप १२ दिन हिरासतमा राख्‍न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ ।

७ दिनको म्याद अपुग भएकाले थप म्याद माग्दा जिल्ला अदालतबाट १२ दिनको समय प्राप्त भएको बताइएको छ ।

कलाकार शाह आइतबारदेखि दमौलीको हिरासतमा थुनामा छन् । उनीविरुद्ध नवलपरासीमा पनि जबर्जस्ती करणीको मुद्दा परेको थियो ।