२०७८ साल मङ्सिर १३ गते सोमबार

कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’को ठाउँमा ‘फुलन्दे स्पेसल’ प्रसारण हुने

न्युजलय २८ कार्तिक २०७८, अाईतबार ११:५२ मा प्रकाशित

काठमाडौं । कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’ बन्द भएसँगै उक्त कार्यक्रम प्रसारण हुने समयमा उमेश राईको कार्यक्रम ‘फुलन्दे स्पेसल’ प्रसारण हुने भएको छ। 

जितु नेपालले सञ्चालन गरिरहेको कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’कै टिममा रहेका उमेश राई (फुलन्देकी आमा)ले सञ्चालन गर्ने नयाँ कार्यक्रम यो समयमा प्रसारण हुन लागेको हो।

उमेशसँगै करिष्मा मानन्धर, राजेन्द्र नेपालीलगायत रहेको जितु नेपालले सञ्चालन गरिरहेको कार्यक्रम हरेक सोमबार नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको थियो। 

कार्यक्रमको निर्माण गरिरहेको कम्पनी ‘कि इन्टरटेनमेन्ट’ले टिमका सदस्य उमेशलाई लिएर नयाँ कार्यक्रम ल्याउने भएपछि नेपालले सञ्चालन गरिरहेको कार्यक्रम बन्द भएको थियो।

कार्यक्रम नेपाल टेलिभिजनबाट हरेक सोमबार जितु नेपालले सञ्चालन गरिरहेकै कार्यक्रमको समयमा प्रसारण हुनेछ।