काठमाडौँ । बुधबार सेयर बजार ५.५८ अंकले घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार नेप्से सूचक ५.५८ अंकले घट्दै २ हजार ७९.७१ विन्दुमा झरेको हो ।
यस दिन कूल ३ अर्ब ९९ करोड २९ लाख रुपैयाँ बराबरको ८० लाख ४२ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ ।
सबैभन्दा बढी एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिडेडको १९ करोड ३ लाख ७९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १८ करोड ४३ लाख ७५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।