सर्वोत्तम सिमेन्टको सेयरभाउमा उच्च गिरावट

न्युजलय १८ चैत २०८०, आइतबार ०७:०३ मा प्रकाशित

काठमाडौँ । आइतबार सर्वोत्तम सिमेन्टको सेयरमा उच्च गिरावट आएको छ ।

पहिलो कारोबार ५ सय ५६ रुपैयाँमा खुलेको उक्त कम्पनीको सेयरभाउ पहिलो दिन ६११.७ हुँदै बिहीबार सातौं कारोबार दिन १०८३ रुपैयाँ पुगेर सातौं सकारात्मक सर्किट लागेको थियो । तर आज भने उक्त कम्पनीको सेयर ८ प्रतिशत भन्दा बढीले घटेर प्रति कित्ता ९९० रुपैयाँ आइपुगेको छ ।

आज पनि कारोबार शुरु  भएको २० मिनेटमै करिब डेढ लाख कित्ता सेयर कारोबार भइसकेको छ ।