काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबार हरियाली छाएको छ । ५३ अंकको बढोत्तरीसँगै दिनको अन्तीममा बजार सकारात्मकतातर्फ लागेको हो । २७ सय अंकबाट सुरु भएको बजार परिसूचक बन्द हुने बेलामा २७५४.२८ अंकमा पुगेर बन्द भएको थियो ।
मंगलबारको कारोबारमा सेयर बजार परिसूचक ५३.३० अंक अर्थात १.९७ प्रतिशतले बढेको छ । आजको कारोबारमा ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स १०.८३ अंक अर्थात २.१२ प्रतिशतले बढेर ५२२.१३ अंकमा पुगेको छ ।
मंगलबार कारोबार रकम भने घटेको छ। आज नेप्सेमा २२४ कम्पनीको ३ अर्ब २३ करोड ३३ लाख १८ हजार ६ सय १४ रूपैयाँ बराबरको ६३ लाख ४३ हजार २ सय २८ कित्ता सेयर ४३ हजार ५ सय १९ पटक खरिद बिक्री भएको छ ।