काठमाडौं । मंगलबार(आज) सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सोमबारको तुलनामा सुनको मूल्य ५०० रुपैयाँले बढेको हो ।
महासंघले आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ६०० रुपैयाँ कायम भएको जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२ सय ६० रुपैयाँ रहेको छ ।